नेपाल सरकारले खुला गर्‍यो वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन थालेको छ । गत फागुन ३० (मार्च १३ तारिख) देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो ।

नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button