अमिर र टर्कीका राष्ट्रपति इर्दोगन बिच आज भेटघाट हुँदै

क्युएनए
टर्कीका राष्ट्रपति तय्यिप ईर्दोगन आज कतार आउने भएका छन् । औपचारिक भ्रमणमा कतार आउन लागेका राष्ट्रपति इर्दोगनले आज अमिर शेख तमिम बिन हमाद अल थानी संग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोरोनाभाइरसको महामारी फैलिए यता अमिरको यो पहिलो उच्चस्तरीय भेटघाट हो ।
भेटघाटको क्रममा दुई राष्ट्रबीचको सम्बन्ध हेरफेर गर्ने तथा त्यसलाई थप विकास गर्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाको विभिन्न विषयमा छलफल गरिने कतार न्युज एजेन्सीले जनाएको छ