कतारमा भाइरस : अझै ११,१८२ जनालाई निको हुन बाँकी

स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा ८९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २,६३२ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९७,८९७ पुगेको छ ।
भाइरसको कारण आज ३ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,५९३ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ११८ रहेको छ र निको हुनेको संख्या ८६,५९७ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ८५ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ७७९ जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १८७ जना
आज सम्म जाँच भएको संख्या – ३,६६,०९५ जना
निको हुन बाँकीको संख्या – ११,१८२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर