कतारबाट थप १४७ जना नेपाली फर्किए

कोरोनाभाइरसको महामारीका कारण कतारमा समस्यामा परेका १४७ जना नेपाली आज नेपाल फर्किएका छन् ।

नेपाल एयरलाइन्सको आरए २३९२ उडान मार्फत १४७ जना मध्ये ६ जना महिला,१४१ पुरुष र २ जनाको शव पनि लगिएको छ ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। कतार बाट भएको यो आठौं उडान हो । दूतावासको अनुसार अर्को उडान ४,७ र ९ तारिकलाई तय गरिएको छ ।

नेपाल फर्केका ती यात्रुहरुको सहजिकरण र बिदाइ गर्न दोहास्थित नेपाली दूतावासका प्रतिनिधि र एनआरएनए कतारका पदाधिकारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

कोरोनाभाइरसको महामारी पश्चात दूतावास मार्फत हाल सम्म एक हजार तीन सय ८ जना नेपाल फर्किसकेका छन् । त्यस्तै दूतावासले १४ जनाको शव पनि पठाएको छ ।

यता कतार सरकारले आममाफी पाएका ४३ नेपाली र २० जनाको शव आफ्नै खर्चमा नेपाल पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button