कतार, साउदी अरब, युएई र मलेसियामा रहेका नेपालीलाई आईएलओले सहयोग गर्ने

कोभिड १९ का कारण समस्यामा परेका कतार, साउदी अरब, युएई र मलेसियामा रहेका नेपालीलाई सहयोग गर्न अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले गैर आवासीय नेपाली संघ NRNA लाई ४ लाख २४ हजार ३ सय १० अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
संघलाई ती चारवटा मुलुकमा महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसका कारणले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न आइएलओले सो रकम उपलव्ध गराउने गरी सम्झौता भएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले आफ्नो संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार भईरहँदा श्रमिकको लागि अनुदान रकम उपलव्ध हुनुले आफुहरु लाई झन जिम्मेवारीबोध भएको बताएका छन् । पन्तले सो रकम अप्ठ्यारोमा परेकाहरुलाई सहयोग तथा कोभिड १९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न खर्च गरिने बताएका छन् ।
ती चारवटा मुलुकमा रहेका नेपाली जस्को कोरोनाकै कारण काम छाड्न बाध्य भएका छन् उनिहरु लाई सुरुमै कानुनी परार्मश दिने र साथै आईएलओबाट प्राप्त उक्त सहयोगी रकम नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिनेछ ।