शिखर धवनले एनपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं, मंसिर २२-
कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन् । कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किनेछन् ।
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन् ।
‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ । हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भने । शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो