सल्वा बिच रेसोर्टमा अमिरको अवलोकन

देशको मुख्य पर्यटकिय स्थल बन्ने आशा गरिएको सल्वा बिच रेसोर्टमा अमिर शेख तमिम बिन हमाद अल थानीले हिजो निरीक्षण गर्नुभएको छ ।
दक्षिण पश्चिमी क्षेत्रमा अवस्थित ३.२ मिलियन वर्ग मिटरमा फैलिएको सो रेसोर्टको निर्माण हालसालै सकिएको हो । निरीक्षण भ्रमणको क्रममा अमिरलाई योजनाको पछिल्लो विकास र चरण बारे बिस्तृत गरिएको थियो ।
अमिरले रेसोर्टमा भएको ११५ भिल्ला,२४६ ५ तारे कोठा ,थेम पार्क,कोन्फेरेन्स सेन्टर,स्पा,सपिङ सेन्टर लगायतको पनि अवलोकन गर्नुभएको थियो । भ्रमण पश्चात् अमिरले उक्त योजना निर्माणमा सम्लग्न सबैलाई धन्यवाद समेत दिनुभएको छ ।