फुटनजिक नेपाल कम्युनिष्ट पार्टी एमाले

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ। नेकपाको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको संघारमा पुगेको हो । शनिबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले आफ्ना मन्त्रीहरुलाई कुनै पनि परिस्थितिका लागि तयार रहन भनेपछि नेकपा विभाजनको संघारमा पुगेको हो।  प्रधानमन्त्री ओलीले शनिबार आफ्ना सहयोगी मन्त्रीहरुलाई आफ्नो कित्ता स्पष्ट गर्नसमेत आग्रह गरेका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर भएर नेकपा गठन भएपछि अहिले उत्पन्न संटक सबैभन्दा जटिल भन्दै प्रधानमन्त्री ओलीले पार्टी गम्भीर मोडमा पुगेको समेत बताएका थिए। बैठकमा प्रधामन्त्री ओलीले विदेशीको इशारामा आफूलाई हटाउने कोशिश भइरहेको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भइरहेको बताएका थिए।

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले कुनै ठूलो निर्णय लिनसक्ने संकेत गरेको एक मन्त्रीले जानकारी दिए। भारतले आफूलाई पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपाको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका छन्। ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाव परेको छ भने ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद जोगाउनु पर्ने चुनौती छ।

पार्टी विभाजनको संघारमा पुगेपछि पार्टी विभाजन हुनबाट जोगाउन भन्दै दोस्रो पुस्ताका नेता सक्रिय भएका छन्। दुई अध्यक्षबीच सहमति जुटाउन भन्दै स्यायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ। तर विवाद साम्य हुने संकेत देखिएको छैन। अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button