नवौं र दशौं उडानबाट तीन सय एक नेपाली फर्किए

कतारको दोहाबाट पहिलो चरण अन्तर्गत नवौं र दशौं उडानबाट आज ३ सय १ जना नेपालीहरू स्वदेश फर्केका छन् । दोहाबाट भएको नवौं उडानबाट आज १४८ जना र दशौं उडानबाट  १५३ जना नेपालीहरू स्वदेश फर्केका हुन् ।

हिमालयन एयरलाइन्स उडान नम्बर एच ९५६३२ मार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नवौं उडानमा सबै यात्रु पुरुष थिए भने नेपाल एयरलाइन्सको आरए २३९२ को दशौं उडानमा ४ जना महिला र १४४ पुरुष रहेका थिए ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् । अब अर्को उडान नेपाल तथा हिमालयन एयरलाइन्सले  मङ्गलवार राति गर्दैछन् ।

कोरोनाभाइरसको महामारी पश्चात कतार बाट हाल सम्म दुई हजार एक सय १३ जना नेपाल फर्किसकेका छन् भने ३४ वटा शव नेपाल लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button