विश्वभर ६५ लाख बढीले जिते कोरोना लाई

एजेन्सी – विश्वभर कोरोना भाइरसलाई जितेर निको हुनेको संख्या ६५ लाख भन्दा बढी पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना मुक्त हुनेको संख्या ६५ लाख ३५ हजार ४ सय ९२ पुगेको हो ।
विश्वमा सबै भन्दा धेरै संक्रमित भेटिएको अमेरिकामा अहिलेसम्म १२ लाख बढीले कोरोनालाई जितेका छन् । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १२ लाख ८९ हजार ६ सय ८७ जनाले कोरोनालाई जितेका छन् । अमेरिकामा संक्रमितको संख्या करिब ३० लाख नजिक छ ।
ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै भारतमा ४ लाख २४ हजार ९ सय ६३ तथा रुसमा ४ लाख ५४ हजार ३ सय २९ त्यस्तै चिलीमा २ लाख ६१ हजार ३२ जना निको भएका छन् । यता कतारमा ९२ हजार २ सय ८४ जना निको भएका छन् भने नेपालमा भने ६ हजार ५ सय ४७ जना कोरोना मुक्त हुँदै अस्पतालबाट घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो