कतारमा भाइरस : मृत्यु हुनेको संख्या बढ्दै

स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा ५४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १,६१४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,००३४५ पुगेको छ ।
भाइरसको कारण आज पनि ५ जनाको ज्यान पनि गएको छ । संक्रमितकाे संख्या घट्दै गएपनी केही दिन यतादेखि मृत्यु हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,६७७ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १३३ रहेको छ र निको हुनेको संख्या ९३,८९८ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ६२ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ७०६ जना
आईसीयुमा भर्ना भएका – ९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १६४ जना
आज सम्म जाँच भएको संख्या – ३,८६,१११ जना
निको हुन बाँकीको संख्या – ६,३१४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर