कतारको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आयो

कतारको सार्वजनिक कार्य बिभाग (अश्घाल)ले हिजो अल रेयान सडक बिस्तार योजना २ अन्तर्गत हाल सम्मकै लामो र गहिरो दुईतर्फी सुरुङ मार्ग सन्चालनमा ल्याएको छ । सुरुङ मार्ग हालसालै बिस्तार गरिएको बु एरायेन र लेब्दे सडक बिचको २.१ किलोमिटर अन्तर्गत पर्ने ब्रिगेडर योसेफ मोहम्मद अल एमादिले बताएका छन् ।

सुरुङ मार्ग १.५ किलोमिटर लामो सङै २५ मिटर गहिरो छ । तत्कालका लागि दुई लेन खुला गरिएको सो मार्गले दुबै दिशामा आठ हजार सवारी साधन धान्न सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो