आज १४९ नेपाली स्वदेश पुगे

आज कतारबाट १४९ नेपाली स्वदेश फर्किएका छन् । पहिलो चरण अन्तर्गत तेह्रौं उडानमा नेपाल एयरलाइन्स मार्फत नेपालीहरु फर्किएका हुन् ।
पहिलो चरणको सहजीकरण उडान अन्तर्गत एयरलाइन्सले आज आफ्नो उडानबाट ७ जना महिला सहित १४२ जना पुरुष स्वदेश लगेको छ । आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।
यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।