आज ५२० जना संक्रमित थपिए,थप ४ को मृत्यु

स्वास्थ्य मन्त्रालयले शुक्रबार ५२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ९६१ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०२,६३० पुगेको छ ।
भाइरसको कारण आज पनि ४ जनाको ज्यान पनि गएको छ । संक्रमितकाे संख्या घट्दै गएपनी केही दिन यतादेखि मृत्यु हुनेको संख्या बढीरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,१०१ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १४६ रहेको छ र निको हुनेको संख्या ९८२३२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ६४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ६९९ जना
आईसीयुमा भर्ना भएका – ७ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३९ जना
आज सम्म जाँच भएको संख्या – ४,०४,८६८ जना
निको हुन बाँकीको संख्या : ४,२५२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।