आज ४७० जनामा भाइरस देखियो,थप १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले आइतबार ४७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ८०९ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०३,५९८ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,४८३ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १४७ रहेको छ र निको हुनेको संख्या ९९,७४३ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ६३६ जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १४० जना
आज सम्म जाँच भएको संख्या – ४,१२,६८२ जना
निको हुन बाँकीको संख्या : ३,७०८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।