फिफाले कतारमा हुने २०२२ विश्वकपको खेल तालिका सार्वजनिक गर्यो

फिफाले कतारमा हुने २०२२ विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । रुसमा भएको सन् २०१८ को फाइनल खेलको ठिक दुई वर्ष पश्चात सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक कतारले ६० हजार दर्शक सिट क्षमता भएको अल बायत रंगशालामा नोभेम्बर २१ मा दिउँसो १ बजे खेल्नेछ । प्रतियोगितामा समूह चरणका खेलहरु दिउँसो १ र ४ बजे ,बेलुका ७ र राति १० बजे र नकआउटचरणको खेलहरु बेलुका ६ र राति १० बजे हुनेछन् ।

खेल तालिका

खलिफा रंगशालामा अन्तिम तीन उपाधिको लागि डिसेम्बर १७ मा खेल हुनेछ र फाइनल खेल कतारको राष्ट्रिय दिवस १८ डिसेम्बरको दिन पारेर ८० हजार सिट क्षमता भएको लुसेल रंगशालामा बेलुका ६ बजे हुनेछ । प्रतियोगितामा सहभागी अन्य देशहरुको टुंगो भने लाग्न बाँकी छ । प्रतियोगिताको टिकटको लागि यसै वर्षको अन्तिममा बुकिङ्ग खुला गरिने फिफाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button