एनआरएनए कतारले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराउने

कतारमा कोरोनाभाइरसको महामारीको कारण टिकट काटेर नेपाल फर्कन नसकेका कामदारहरुको लागि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराउने भएको छ ।

संघले आज एक सूचना प्रकाशित गर्दै स्वास्थ्यमा गम्भिर समस्या भएका, लामो समयदेखि कतारको अस्पातालमा उपचार गराइरहेका र कोरोनाका कारण रोजगारी गुमाइ बाध्यतावस स्वदेश फर्कनै पर्ने तर नेपाल बाट पनि रकम जुटाउन नसक्ने अवस्थामा रहेका नेपालीहरुहरुलाई टिकट उपलब्ध गराउने जनाएको छ।

त्यसका लागि पीडितले आफ्नो नाम थर,पासपोर्ट कपि आईडी वा भिसाको कपि नेपालको ठेगाना,कम्पनीको नाम ,घर फिर्ती हुन् नसकेको कारण लगायत अन्य विवरण भरेर nrnancc.qatar2003@gmail.com मा बुझाउनु पर्नेछ ।

संघले जारी गरेको सूचना

No photo description available.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button