कतारले ४ कम्पनी सहित दुई व्यक्तिलाई आतंकवादीको सुचीमा राख्यो

क्युएनए
कतारले आतंकवाद विरुद्ध लड्न अन्तर्राष्ट्रिय कदमलाई निरन्तरता दिने प्रतिबद्धता संगै हिजो ४ कम्पनी सहित दुई व्यक्तिलाई आतंकवादीको सुचीमा राखेको छ । सुची अनुसार व्यक्ती तर्फ अब्दुलरेह्मान अलि हुसेन अल अह्मद अल रवि र सायेद हबिब अह्मद खान छन् त्यस्तै कम्पनी तर्फ अल हराम एक्सचेञ्ज,तवसुल कम्पनी ,अल खलिदी एक्सचेञ्ज र नेजात सामाजिक सेवा संस्था रहेका छन् ।
खाडी सहायता काउन्सिल (जीसीसी) सात राष्ट्र तथा सन्युक्त राज्य अमेरिका र आतंकवादी कोष विरुद्धको केन्द्र बिच रियादमा भएको सहमति अनुसार ती दुई व्यक्ती र चार कम्पनीलाई आतंककारीको सुचिमा राखिएको कतार न्युज एजेन्सीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो