कतार मध्यपूर्वकै सबैभन्दा सुरक्षित राष्ट्र

कतारले पछिल्लो वर्ष झै यो वर्ष पनि विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रहरूको स्थानमा उल्लेखनीय प्रगति गरेको छ।
आन्तरिक मन्त्रालय अन्तर्गतको विकास,योजना तथा तथ्याङ्क विभागले हालसालै एक कार्यक्रम बीच कतारले कम अपराधको दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा सुरक्षित राष्ट्रको सूचीमा परेको जानकारी दिएको छ।

ग्लोबल क्राइम इन्डेक्स (नुम्बिवो) को वार्षिक प्रदिवेदन अनुसार कतार मध्यपूर्व र उत्तर अफ्रिकाकै पहिलो र लण्डन इन्स्टिच्युट अफ इकोनोमिक एण्ड पिसको १६३ राष्ट्रको सुचिमा कतारले ३१ औं र स्विस गोल्डेन भिसा संस्थाको २०१६ को वार्षिक प्रतिवेदनमा दोस्रो सुरक्षित राष्ट्रको स्थान हासिल गरेको छ। नेपाल भने यस सूचीको ७६ आैं स्थानमा छ ।
यति मात्रै नभएर कतारले सन् २००९ देखि मध्यपूर्व र उत्तर अफ्रिका भित्रको कम अपराध तथ्याङ्कमा आफ्नो प्रथम स्थान सुरक्षित गर्दै आइरहेको र विश्व वरीयतामा पनि वर्षेनी प्रगति भइरहेको कार्यक्रममा जानकारी गराइएको छ।