आज ३०५ नेपाली स्वदेश फर्किए

कतारबाट आज ३०५ नेपाली स्वदेश फर्किएका छन् ।
दोस्रो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले आज ३ महिला सहित १४९ जनालाई स्वदेश लगेको छ । एयरलाइन्सले विभिन्न कारणले मृत्यु भएका दुई नेपालीको शव पनि लगेको छ । त्यस्तै हिमालय एयरलाइन्सले ५ महिला सहित १५६ जनालाई नेपाल लगेको छ ।
यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
दूतावासको प्रक्रिया मार्फत आउने २० तारिक पनि दुईवटा उडानहरु हुँदैछ । यता नाम निस्किए पनि हिजोआज टिकट नपाईने गुनासो बढ्न थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button