अमिरबाट कुवेतको अमिरलाई बधाई

अमिर शेख तमिम बिन हमाद अल थानीले कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको सफल सर्जरी पछि बधाई ज्ञापन गर्नुभएको छ । अमिरले हिजो त्यहाँको युवराज नवाफ अल अहमद अल जबेर अल सबाह संग टेलिफोन सम्पर्क गर्दै अमिरको पछिल्लो स्वास्थ्य अवस्था बारे बुझ्नुभएको थियो ।
९१ वर्षिय अमिर शेख सबाहको स्वास्थ्य अवस्थामा समस्या आएपछि उहाँलाई गएको शनिबार अस्पताल भर्ना गरिएको थियो । उहाँमा गत वर्ष पनि स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अमेरिका लगिएको थियो । सन् २००० मा उहाँमा पेसमेकर जडान गरिएको थियो त्यस्तै २००७ मा मुत्र पथको सफल सर्जरी गरिएको थियो ।
खाडी देशबिच भैरहेको मनमुटाव सुल्झाउने प्रयासमा अमिर सेख सबाहको महत्त्वपूर्ण भुमिका रहेको छ । अमिरले इराक तथा सिरियाको शान्तिका लागि समेत योगदान दिनुभएको छ ।
अमिर सबाह स्वास्थ्य नभएपछि हाल युवराज शेख नवाफलाई स्थायी समयका लागि अमिरको पदको जिम्मा दिइएको कुना न्युज एजेन्सीले जनाएको छ ।