बिज्ञापन

टी-२० विश्वकप एसिया क्षेत्र छनोटः कुवेतविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

काठमाडौं,कात्तिक २७-

आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले छस जितेर ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा ४ मध्ये तीन खेलमा जित निकालेको नेपाल चौथो जितको प्रयासमा रहेको छ। तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

यसअघि नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गर्दा दोस्रो खेल कुवेतसँग खेलेको थियो भने तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो।  चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको नेपाल पाँचौ खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो।

कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ।  कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्याण्डको सहभागिता छ। नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ। नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button