उन्नाइसौं उडानबाट आज १५४ नेपाली स्वदेश फर्किए

कतारबाट आज १५४ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड १९ को परिस्थिति पछि उत्पन्न विभिन्न समस्याको कारण नेपालीहरुलाई स्वदेश फर्काउने अभियान अनुरुप उन्नाइसौं उडान अन्तर्गत हिमालय एयरलाइन्सले आज बिहान ६ महिला सहित १५४ जनालाई स्वदेश लगेको छ । त्यस्तै नेपाल एयरलाइन्सले पनि हिजो दिउँसो ५ महिला सहित १४९ जनालाई नेपाल लगेको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले क्युएन खबरलाई जानकारी दिनुभएको छ ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।

यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

हालसम्म कतारबाट ३,४३९ जना नेपाली सहित ४२ वटा शव नेपाल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button