अफगान सरकार र तालिवान समूह बिच आज कतारमा वार्ता हुँदै

एजेन्सी
अफगान सरकार र दशककौंदेखि अफगानिस्तानमा सशस्त्र संर्घष गर्दै आइरहेको तालिवान समूह बिच धेरै वाधा अड्चन पछि आज खाडी मुलुक कतारमा शान्ति भेटवार्ता हुँदै छ ।
यसैबिच , शान्ति वार्ताको उद्घाटन समारोहका लागि कतारका राजधानी दोहा पुग्नु भएका अमेरिकी विदेश मन्त्री माइक पम्पेवोले उक्त शान्तिवार्ता ऐतिहासिक भएको बताउनुभएको छ ।
गत फेब्रुअरी महिनामा अमेरिका र तालिवान बिच भएको सम्झौता पछि अफगान सरकार र तालिवान समूहबिच शान्ती वार्ता तय भएको थियो ।
तर कैदि रिहाइको कुरामा सहमति हुन नसके पछि वार्ता स्थगित हुँदै आएको थियो ।
अफगान सरकारले गत बिहीबार ६ जना तालिवान नेतालाई रिहा गरेपछि तालिवान समूह वार्तामा बस्न सहमत भएको हो ।
चार दशक लामो सशस्त्र सङ्घर्ष अन्त्य गरी दिगो र न्यायिक शान्तिका लागि आफूहरू वार्तामा बस्न लागेको, तालिवान प्रतिनिधिमण्डलको प्रमुख अब्दुल्ला अब्दुल्लाले बताएका छन् ।