कतारमा रोजगार गुम्यो ? यसो गर्नुहोस ..
कतारमा कोभिड १९ को कारण परेको आर्थिक असरले रोजगारी गुमाउन परेका आप्रवासी कामदारको पुन रोजगारीका लागि प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतार च्याम्बरसंगको सहकार्यमा अनलाइन प्ल्याटफर्म सुरु गरेको छ । अहिलेको समयमा रोजगार गुमाएका आप्रवासी कामदारलाई काम खोजिदिने मानवीय सहायताको लागि मन्त्रालय र च्याम्बर बिच भएको सम्झौता अनुसार कम्पनीले करार पत्र भङ्ग गर्ने कामदारको कागजात सहित निवेदन दिन सक्नेछन् । त्यस्तै कामदार आफैले पनि निवेदन दिन पाउनेछन् । यस अभियानबाट सामान्य भन्दा दक्ष कामदारलाई बढी फाइदा पुग्ने देखिएको छ ।
के हो यो ?
कोभिड १९ को महामारीले उत्पन्न समस्याको कारण कम्पनीले निकाल्दिएको कामदार वा कम्पनी बन्द भएर घर जाने तरखरमा रहेका आप्रवासी कामदारलाई पुन रोजगारीको अवसर दिलाउन श्रम मन्त्रालय र कतार च्याम्बर मिलेर सुरु गरेको यो नयाँ अभियान हो ।
यसले के काम गर्छ ?
यो अनलाइन कार्यक्रमले रोजगारी गुमेको कामदारलाई पुन काम दिने र कामदार आवश्यक परेका कम्पनीलाई कामदार खोज्ने कार्य गर्दछ ।
क – कसले निवेदन दिन पाउँछ ?
रोजगार गुमेका कामदारले वा कामदार निकाल्न बाध्यता परेको कम्पनीहरूले निवेदन दिन पाउनेछ ।
के के कागजात चाहिन्छ ?
कतारी आईडी,मोबाईल नम्बर,पासपोर्ट कपि,बायोडाटा,कामको अनुभव खुल्ने प्रमाणपत्र सहित आफैले हस्ताक्षर गरेको निवेदन आवश्यक पर्नेछ ।
निवेदन कहाँ बुझाउने ?
काम कहिले पाउँछ ?
कतार च्याम्बरको वेबसाईट मार्फत दर्ता भएको निवेदन श्रम मन्त्रालयमा पेश गरिनेछ । त्यहीँ अनुसार कामदारले काम गर्न चाहेको काम र कम्पनीले खोजेको कामदार मिलाएर पुन रोजगारको अवसर दिईनेछ ।