आज ३९३ जनामा भाइरस देखियो,थप १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले मंगलबार ३९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ४०९ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०७,४३० पुगेको छ ।
भाइरसको कारण आज १ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,१३२ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६० रहेको छ र निको हुनेको संख्या १,०४,१९१ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ५१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५४९ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ११९ जना
आज सम्म जाँच भएको संख्या – ४,५१,१६८ जना
निको हुन बाँकीको संख्या : ३,०७९ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।