अगस्टदेखि को- को कतार आउन पाउने ? (अपडेट)

कतारले अगस्ट देखि आप्रवासी कामदरलाई प्रवेश दिने भनेपनी अहिलेलाई यो प्रक्रिया त्यति सम्भव देखिदैन । आज जारी भएको जानकारी अनुसार तत्कालको लागि प्राथमिकताको आधारमा जस्तै सार्वजनिक स्वास्थ्य संकेतका नागरिक,सरकारी तथा गैर सरकारी क्षेत्रका अत्यावश्यक कामदार र मानवीय समस्या भएका आप्रवासी नागरिकहरु अगस्ट सुरु भए लगत्तै फर्कन पाउनेछन् । तर तोकिएको प्राथमिकतामा परेका नागरिकले कतार आउन कतार पोर्टलको वेबसाईट मार्फत प्रवेश पत्र ( इन्ट्री परमिट) लिनुपर्नेछ ।
साधारण कामदारको लागि सरकारले तोकेको होटेल क्वारेन्टाइनमा बस्ने खर्च कम्पनीले बेहोर्न पर्ने पनि जानकारीमा उल्लेख गरिएको छ । आफू आउन पाउने/नपाउने बारे बुझ्न कम्पनीसंग सम्पर्क गर्न पनि सरकारी सञ्चार कार्यालयले आग्रह गरेको छ ।
केके गर्नुपर्छ ?
१. कतारले जारी गरेको कम प्रभावित देशको सूचीमा नपरेको देशको नागरिकले इन्ट्री परमिट लिनुपर्नेछ ।
२. इन्ट्री परमिट पाएर कतार आउन,कम्तीमा ४८ घन्टा भित्र जाँच गरि भाइरस नदेखिएको प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ । हाल नेपालमा २४ घन्टामै नतिजा दिने केन्द्र उपलब्ध छैन ।
३.कतार आइसकेपछि एक हप्ता हाेेेेटेल क्वारेन्टाइन बस्नुपर्नेछ । एक हप्ता क्वारेन्टाइनमा बसेपछि सरकारले मान्यता दिएको स्वास्थ्य संस्थामा गएर भाइरस जाँच गर्नुपर्नेछ ।
४. भाइरस देखिएमा आइसोलेसन केन्द्रमा लगिनेछ ।
५. भाइरस नदेखिए पनि पुन एक हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसपछि एह्तेराज एपमा हरियो कोड आए काममा फर्कन पाईनेछ ।