आज ४४१ जनाको रिपोर्ट पोजेटिभ,थप ३ को मृत्यु

स्वास्थ्य मन्त्रालयले बुधबार ४४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ४५० जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०७,८७१ पुगेको छ ।
भाइरसको कारण आज ३ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,६३० जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६३ रहेको छ र निको हुनेको संख्या १,०४,६४१ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ५६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५५१ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ११३ जना
आज सम्म जाँच भएको संख्या – ४,५५,७९८ जना
निको हुन बाँकीको संख्या : ३,०६७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।