नेशनल एड्रेस कसरी दर्ता गर्ने ? (मोबाइल बाट नभएका लागि पनि )

सन् २०१७ को कानून नम्बर २७ बमोजिम कतारमा बस्ने कतारी नागरिक तथा आप्रवासीले मन्त्रालयको शाखा कार्यालय ,वेबसाईट र मेट्राश २ एप मार्फत आउने जुलाई २६ भित्र आफ्नो ठेगाना दर्ता गरिसक्नुपर्नेछ । आफ्नो विवरण कतार सरकारलाई बुझाउनुपर्ने कानून २७ जनवरी बाट लागू भएको हो र हाल कतारमा रहने वा बसोबास गर्ने जो कोहीले पनि अनिवार्य दर्ता गर्नुपर्नेछ ।

आफ्नो नाममा रहेको मोबाइल नम्बर बाट एक्टिभ गरिएको “मेट्राश २ एप” मार्फत विवरण बुझाउनु नै सबैभन्दा सजिलो माध्यम हुनेछ ।  कतार राष्ट्रिय ठेगानाको कानुन अनुसार आफ्नो हालको ठेगाना, कह्रमा नम्बर (खानेपानी तथा बिजुलीको नम्बर), फोन नम्बर, ईमेल, कम्पनीको ठेगाना र आफ्नो स्थायी (स्वदेश) ठेगाना भरेर दर्ता पुरा गर्न सकिन्छ ।

नेशनल एड्रेस दर्ताको प्रक्रिया अझ सरल बनाउनका लागि घरेलु कामदारहरूले हस्ताक्षर गरि आफ्नो रोजगारदाता मार्फत फारम बुझाउन पाउने मन्त्रालयले बताएको छ ।

घरेलु कामदारका लागि फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला 

कतार राष्ट्रिय ठेगाना दर्ता गर्नाले आपातकालीन अवस्थामा एम्बुलेन्स, अल-फजा, ट्राफिक विभाग र सामाजिक सुरक्षा लगायतका सेवाहरु द्रुत गतिमा पाउन सकिन्छ । यसै कारणले गर्दा यस्लाई निकै महत्त्वपूर्ण रुपमा लिएको हो ।

कतार नेशनल एड्रेस अर्थात कतार राष्ट्रिय ठेगाना दर्ता जुलाई २६ तारिख आइतबार सम्म मात्र गर्न सकिनेछ ।  ठेगाना दर्ता नगरे ५ देखि १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने मन्त्रालयले बताएको छ ।

मेट्राश २ एप बाट कसरी दर्ता गर्ने ?

– सुरुमा मेट्राश २ एप डाउनलोड गर्नुहोस ।
– मेट्राश २ एपमा आफ्नो आईडी र फोन नम्बर हालेर सुचारु गर्नुहोस । (मेट्राश २ कसरी सुचारुगर्ने होला सोच्दैहुनुहुन्छ भने यो पोस्टको तल भिडीयो राखिएको छ । )
– त्यसपछी Register National Address मा जानुहोस । सोधिएको सम्पुर्ण विवरण हालेर Next थिच्नुहोस ।

चाहिने बिवरणहरु

– नाम, आईडी नम्बर
– कह्रमा नम्बर (खानेपानी तथा बिजुलीको नम्बर)
– ठेगाना (घर बाहिर राखिएको निलो बोर्ड जस्मा बिल्डिङ नम्बर, जोन नम्बर र स्ट्रीट नम्बर रहेको छ त्यो ठेगाना राख्ने )
– पोस्ट बक्स नम्बर (आफ्नो कम्पनीको पोस्ट बक्स नम्बर राख्न सक्नुहुनेछ )
– फोन नम्बर (आफ्नो टेलीफोन नम्बर नभए कम्पनीको टेलीफोन नम्बर राख्ने )
– मोबाइल नम्बर
– ईमेल लगायत

आईडी र भिसाको म्याद सकिएका ले ?

आईडी र भिसाको म्याद सकिएको हकमा भने नेशनल एड्रेसको फारम भरेर आफ्नो आफ्नो रोजगारदाता वा कम्पनीको मन्दुबलाई शनिवार भित्र छिटो आईडी लगाउन दिनुनै अहिलेको परिस्थिति बुद्धिमानी हुनेछ ।  नेशनल एड्रेस दर्ता बिना अहिले भिसा /आईडी नवीकरण हुदैनन् ।

कतार बाहिर भएकाले के गर्ने ?

कतार बाहिर रहेर जुलाई २६ भित्र नेशनल एड्रेस दर्ता गर्न नपाएकाहरुलाई सरकारले छुट दिनेछ । स्थानीय तथा आप्रवासी नागरिक पढाई,उपचार वा कोभिड -१९ को परिस्थितिले कतार बाहिर फसेकाहरुले कतार आएपछि एड्रेस दर्ता गर्न नपाएको कारण पेश गर्न सके सरकारले छुट दिने राष्ट्रिय ठेगाना शाखाका प्रमुख डाक्टर जाएद अल सह्लीले जानकारी दिएका छन् । यसको मतलब कतार आएपछि त्यस्ता नागरिकले आफ्नो यात्राको कागजपत्र देखाएर ठेगाना दर्ता गर्न कुनै जरिवाना लाग्ने छैन ।

कार्यालय बाट कसरी दर्ता गर्ने ? (मोबाइल बाट नभएकाहरुले)

  • मन्त्रालयको वेबसाइट बाट फारम  डाउनलोड गर्नुहोस । घरेलु कामदारको लागि फारम  डाउनलोड गर्नुहोस ।
  • फारम भर्नुहोस ।
  • मन्त्रालयको शाखा कार्यालयमा गएर बुझाउनुहोस ।
यो फारम नमुना मात्र हो । नेपालीमा बुझ्न सजिलो हुन्छ भनेर मात्र प्रायोजन गरिएको हो । सक्कली फारम अंग्रेजीमा हुन्छ र अंग्रेजी भाषामा लेखेर बुझाउनु पर्नेछ ।


कहाँ गएर बुझाउने ?

आन्तरिक मन्त्रालयले शुक्रबार र शनिबार पनि आफ्नो १० वटा अध्यागमन कार्यालयहरु खुला राख्नेछ । नागरिक तथा बासिन्दाहरूलाई दर्ता प्रक्रिया पूरा गराउन मद्दत गर्ने हिसाबले कार्यालय शुक्रबार र शनिबार बिहान ८ देखि १२ बजेसम्म अध्यागमन खुला राख्ने मन्त्रालयले बताएको छ । (लोकेसन हेर्न अध्यागमन कार्यालयको नाममा थिच्नुहोस )
औद्योगिक क्षेत्र कार्यालय (सनैया फिङगर प्रिन्ट गर्ने ठाउँ नजिकै)
ठेगाना दर्ता भए आफ्नो मोबाइलमा म्यासेज आउनेछ । म्यासेज सुरक्षित राख्नुहोस ।

नबुझाए के हुन्छ ?

कानून लागू भएको ६ महिना भित्र आफ्नो विवरण नबुझाए राष्ट्रिय ठेगाना कानून अन्तर्गत धारा ६ बमोजिम ५ देखि १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने कानूनमा उल्लेख गरिएको छ ।

नेशनल एड्रेस भरीसकेको तर हाल स्थान परिवर्तन भएका ले के गर्ने ?
यदी तपाईंहरुले नेशनल एड्रेस दर्ता गरी सक्नुभएको छ र हाल उक्त दर्ता गरिएको स्थान परिवर्तन भएको छ भने तपाईंले फेरी नयाँ फारम भर्न पर्दैन तर नयाँ ठेगाना भने अपडेट गर्न सक्नुहुनेछ ।

मेट्राश २ एप बाट कसरी दर्ता गर्ने ? – भिडियो



‘मेट्राश २’ एप कसरी एक्टिभेट गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button