रास्वपाको प्रदर्शन न्यायालय प्रभावित गर्ने प्रयासः काँग्रेस महामन्त्री शर्मा

काठमाडौ,कात्तिक ७-

सहकारी ठगी र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि मुद्दा लगाइएको भन्दै रास्वपाका नेता(कार्यकर्ता पोखरामा सडक प्रदर्शन गरिरहेका छन् ।

रास्वपाको पोखरामा भइरहेको प्रदर्शन न्यायालयलाई प्रभावित पार्ने प्रयास भएको सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् । बुधबार सामाजिक संजालमा महामन्त्री शर्माले रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोधको भ्रम फैलाइरहेको बताएका हुन् । रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ प्रचलित कानुन बमोजिम कारबाही गर्नू तर प्रक्रिया सुरु भएपछि (राजनीतिक प्रतिशोध) भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र ? शर्माले प्रश्न गरेका छन्, प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रमः प्रयास वैकल्पिक राजनीति कि विधि उपर समेतको ठगी ? सहकारी ठगीमा दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता भएको पनि शर्माको भनाइ छ ।

शर्माले कांग्रेसकै उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङको सहकारी ठगीमा संलग्नतामाथि छानबिनको मागबारे भने केही उल्लेख गरेका छैनन् । गुरुङ ललितपुरको मितेरी सहकारी ठगीमा संलग्न रहेको आरोप छ तर उनीमाथि प्रहरी प्रशासनले छानबिन थालेको छैन ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button