बिज्ञापन

जाभीलाई कोरोना

बार्सिलोना तथा स्पेनका लिजेण्डरी मिडफिल्डर जाभीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टी भएको छ । हाल कतारी क्लब अल सादको मुख्य प्रशिक्षकमा रहेका जाभीले कोरोनाको कुनै लक्षण नदेखिए तापनि परिक्षण गर्दा पोजिटिभ पाइएको बताएका छन् ।

४० बर्षिय यी स्पेनिस लिजेण्डका अनुसार अब पूर्ण रुपमा निको नहुँदासम्म आइसोलेसनमा बस्ने छन् ।

जाभीले गत बर्षदेखि अल सादको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका छन् । उनकै जिम्मेवारीमा क्लबले एएफसी च्याम्पियन्स लिगतर्फ सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यति मात्र नभएर उनले पछिल्ला चार सिजन क्लबमा व्यवसायीक खेलाडीका रुपमा समेत बिताएका थिए । सन् २०१४–१५ मा बार्सिलोनामा रहँदा तेहोरो उपाधि जितेका जाभीले त्यसपछि क्याटलन जायन्ट छाड्दै अप्रत्याशित रुपमा कतारी क्लबमा आवद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button