भाइरस प्रतिवन्ध फुकुवा : जुलाई २८ देखि तेस्रो चरण सुरु हुँदै

कोभिड १९ को प्रतिवन्ध क्रमश हटाउदै लैजाने क्रममा कतारले तेस्रो चरण मंगलबार जुलाई २८ तारिक देखि सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै सरुवा रोग नियन्त्रण विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले मंगलबार देखि तेस्रो चरण सुरु गरिने बताउनु भएको छ।
पत्रकार सम्मेलन मार्फत आएको जानकारी
- जनसंख्याको आधारमा कतार कोरोना भाइरसको धेरै परीक्षण गर्ने देशहरु मध्येको रहेको छ।
- देशमा संक्रमणको उच्च दर मे महिनाको अन्त्यमा थियो र त्यसबेलादेखि रेकर्ड गरिएका दैनिक संक्रमणहरू घट्दैछन्।
- दैनिक संक्रमित हुने तथ्यांक २५० देखि ४०० जनामा सबैभन्दा बढी युवाहरु छन् ।
- गत हप्ता संक्रमित अधिकांश व्यक्ति २५ देखि ४४ वर्ष बीच उमेर समूहमा थिए, ५५ बर्ष भन्दा बढी उमेर समूहमा संक्रमित व्यक्तिहरूको संख्या सीमित थियो।
- व्यवसायी र बासिन्दा बीच संक्रमण दर विगत दुई हप्ताहरूमा स्थिर भएको छ ।
- ईद अल-अधाको समयमा प्रार्थना गर्ने क्रममा र परिवारको भ्रमण गर्ने बखत सावधानी अपनाउन आग्रह गर्दछौ ।
- ईद अल फित्र पछि १४ दिनको अवधिमा कोविड १९ संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि देखिएको थियो ।
- हालसालैको समयमा संक्रमितको दर खासै कमी नहुनु धेरै परिवारहरूको बीचमा थप संक्रमण देखिनु प्रमुख कारण रहेको छ । प्रायः संक्रमणको स्रोत पारिवारिक भ्रमण र सामाजिक भेला रहेको छ।
Today’s MOPH press conference highlighted the health measures and advice in place for Phase 3 of the lifting of the COVID-19 restrictions. Here are some of the key messages.#YourSafetyIsMySafety pic.twitter.com/L5LRtS3nbz
— وزارة الصحة العامة (@MOPHQatar) July 26, 2020
तेस्रो चरण – जुलाई २८ तारिक देखि
१. ७ दिन क्वारेन्टाइनमा बस्ने गरि प्राथमिकतामा रहेका यात्रुहरु कतार आउन पाउने । जस्तै : आप्रवासी कामदार ।
२. सम्पूर्ण सपिङ सेन्टरहरु ५० प्रतिशतले खोल्न पाउने ।
३. होलसेल मार्केटहरु ३० प्रतिशतले खोल्न पाउने ।
४. कतार सरसफाई कार्यक्रम बाट अनुमति पाएका केही रेस्टुरेन्टहरु ५० प्रतिशतले खोल्न पाउने । दुई मीटरको दुरीमा टेबलहरु राख्न पर्ने। एउटा टेबलमा ४ जना र एकै परिवारका ६ जना सम्म मात्र बस्न पाउने । शपिंग मलका फुड कोर्ट खोल्न नपाउने ।
५. ड्राइभिङ स्कुलहरु खुल्न दिने ।
६. नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था पूर्ण रुपमा भने सेप्टेम्बर देखि मात्र खुल्ने ।
७. सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने । १० जना सम्मले बैठक गर्न पाउने ।
८. ३० प्रतिशतले सैलुन खोल्न पाउने । कामदारले मास्क,फेस शिल्ड र पन्जा लगाउन पर्ने । कामदारको अनिवार्य भाइरस जाँच हुनुपर्ने । ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर खोल्न पाउने , मसाज सेन्टर बन्द हुने।
९. निजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने ।
१०. दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने ।
११. भित्री स्थानमा १० जना सम्म र बाहिरी स्थानमा ३० जना सम्म भेला हुन पाउने। बस्न र पिकनिक गर्न नपाउने।