आज २९२ जनाको रिपोर्ट पोजेटिभ

स्वास्थ्य मन्त्रालयले सोमबार २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३०४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०९,५९७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,७५२ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६५ रहेको छ र निको हुनेको संख्या १,०६,३२८ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४० जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५०२ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९२ जना
आज सम्म जाँच भएको संख्या – ४,७७,१९४ जना
निको हुन बाँकीको संख्या : ३,१०४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।