नेपाल फर्कन थप ६ वटा उडान हुँदै

कोभिड- १९ को महामारीका कारण विभिन्न समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने मिति सार्वजनिक गरेको छ ।

सार्वजनिक मिति अनुसार हिमाल एयरलाइन्सको थप उडानहरु जुलाई ३१,अगस्ट ३ र ५ तारिक हुँदैछ । त्यस्तै नेपाल एयरलाइन्सको उडान अगस्ट १,३ र ४ तारिक हुने दूतावासले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । आउने उडान बाट यसअघि विभिन्न कारणले टिकट काट्न छुटेेेेेका र नपाएका यात्रुहरु जान पाउनेछन् । साथै आउने उडान बाट पनि जान नपाएका यात्रुहरुको लागि यसपछि थप उडान हुने दूतावासले बताएको छ ।

नेपाल एयरलाइन्सको टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeezऽ Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

हिमालय एयरलाइन्स्को टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Cleopatra Travels, Doha,
(D-Ring Road
Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

एह्तेराज एप अनिवार्य

नेपाल जानको लागि पिसिआर नतिजाको सर्टिफिकेट नचाहिने तर एह्तेराज एपमा हरियो कोड भने अनिवार्य रहेको दूतावासले जनाएको छ ।

व्यक्तिगत विवरणको फारम भर्नुपर्ने

हवाई उडानको टिकट लिईसकेका यात्रुहरुले व्यक्तिगत विवरणको फारम भरी सोको बारकोडको फोटोकपी पनि साथमा लिएर यात्रा गर्नुपर्ने दूतावासले बताएको छ । फारम ccmc.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

स्वास्थ्य समस्या भएकालाई फिट टु फ्लाई प्रमाणपत्र चाहिने

सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल फर्कदा फिट टु फ्लाई प्रमाणपत्र साथमा राख्नुपर्नेछ । अन्य बिरामीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थल बाट उडान गर्न नदिने जानकारी आएपछि दूतावासले उक्त प्रमाणपत्र अनिवार्य गर्नुपरेको जानकारी दिएको छ ।

कम्पनीले भागेको रिपोर्ट दर्ता गरेको भए के गर्ने ?

कम्पनीले कामदार भागेको मुद्दा हालेको छ भने दूतावासको सुचिमा नाम आएकाले टिकट खरिद गरेर सर्च एन्ड फलो अप डिपार्टमेन्टमा गई छाप लगाएर आए मात्र नेपाल फर्कन पाउनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button