आज २८३ जनामा भाइरस देखियो,थप २ को मृत्यु

स्वास्थ्य मन्त्रालयले मंगलबार २८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २७५ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०९,८८० पुगेको छ ।

भाइरसको कारण आज थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार  पछिल्लो २४ घण्टामा ४,७३६ जनालाई परिक्षण गरिएको थियो ।

कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६७ रहेको छ र निको हुनेको संख्या १,०६,६०३ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ५१ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ४९६ जना

आईसीयुमा भर्ना भएका – ५ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ९२ जना

आज सम्म जाँच भएको संख्या – ४,८१,९३० जना

निको हुन बाँकीको संख्या : ३,११० जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button