जिम सेन्टर तथा पार्लर कर्मचारीहरुको स्वाब संकलन सुरु

स्वास्थ्य मन्त्रालयले ब्युटि पार्लर,सैलुन,हेल्थ क्लब र जिम सेन्टरका कामदारहरुको स्वाब परिक्षण गरिरहेको छ ।
स्वाब परिक्षण अल अरबी स्पोर्ट्स क्लबको गेट नम्बर ४ मा बुधबार र बिहिवार बिहान ८ देखि बेलुका १० बजे सम्म हुनेछ ।
परिक्षणको नतिजाको कपि हमाद बिन खलिफा मेडिकल सिटीको बिल्डिङ नम्बर ३२३ बाट जुलाई २९ देखि अगस्ट १ बिच लिन सकिनेछ ।
कोभिड १९ को प्रतिवन्ध हटाउन तेस्रो चरण लागू भए संगै जुलाई २८ देखि पार्लर तथा जिम सेन्टरहरु खुल्न थालेका छन् । सो समुहका कर्मचारीहरु काममा फर्कन जाँचको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो