भोलि इद अल अधाको पहिलो दिन

यो वर्ष इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल अधाको पहिलो दिन भोलि जुलाई ३१ तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । इदको प्रार्थना भोलि बिहान ५:१५ मा गरिने मन्त्रालयले बताएको छ ।
इदको अवसरमा अमीर शेख तमीम बिन हमद अल-थानीले अरब तथा इस्लामिक देशका प्रमुखहरुसँग शुभकामना आदानप्रदान गर्नुभएको छ । अमिरले भोलि बिहान अल वाज्बा प्रार्थना क्षेत्रमा उच्च तहका व्यक्तित्वहरुसँगै बिहानको प्रार्थनामा सहभागीता जनाउनुहुने अमिरी दिवानले बताएको छ ।
इदको अवसरमा हाम्रो सम्पूर्ण पाठकलाई शुभकामना ।