१५० नेपाली स्वदेश फर्किए

कतारबाट आज १५० नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड १९ को परिस्थिति पछि उत्पन्न विभिन्न समस्याको कारण नेपालीहरुलाई स्वदेश फर्काउने अभियान अनुरुप २० औ उडान अन्तर्गत हिमालय एयरलाइन्सले ८ महिला सहित १५० जनालाई नेपाल लगेको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले क्युएन खबरलाई जानकारी दिनुभएको छ ।
आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।
यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।