कतार आउनको लागि चाहिने ईन्ट्री परमिटको फारम खुल्यो

कतार आउनको लागि चाहिने ईन्ट्री परमिटको फारम आज देखि खुला भएको छ ।
कोभिड-१९ को महामारीका कारण कतार बाहिर फसेका नागरिकहरु फर्काउन कतारले यो अस्थायी अपवादात्मक प्रवेश अनुमति सेवा आज देखि सुरु गरेको हो । कतारी नागरिक,आप्रवासी कामदार,आईडी भएका नागरिकको परिवार लगायत व्यवसायिक भिसामा तथा पर्यटक भिसामा आउनेले परमिटको लागि आवेदन दिन पाउनेछन् । तत्कालको लागि स्वास्थ्यकर्मी , विभिन्न सरकारी र अर्ध-सरकारी क्षेत्रहरूको अत्यावश्यक कर्मचारी लगायतलाई प्राथमिकताको आधारमा कतार प्रवेश गर्न दिइनेछ।
कम्पनीले आफ्नो कामदारको लागि र नागरिक स्वयमले पनि फारम भरेर परमिट लिन पाउनेछन् ।
त्यसका लागि फारम भर्ने व्यक्ती वा कम्पनीले खाता खोल्नुपर्नेछ । फारम भर्न आफ्नै आईडी बाट सिम निकालिएको हुनुपर्नेछ । सिम आफ्नै आईडीमा नभए खाता सुरु गर्न सम्वन्धित सिम कम्पनीको कल सेन्टर सम्पर्क गर्न सकिनेछ ।
खाता खोलिसकेपछि कामदारको लागि अथवा परिवारको लागि भनेर छान्नुपर्नेछ । कामदारको लागि फारममा आफ्नो देशको नाम,फोन नम्बर,कतार बाहिर बसेको समय तथा त्यसको प्रमाणको कागज,इमेल ठेगाना लगायतको विवरण भर्नुपर्नेछ ।
पारिवारिक स्पोन्सरसिपको लागि नाम,आईडी नम्बर फारमको शुल्क लगायतको विवरण भर्नुपर्नेछ ।
कम्पनीले आफ्नो कामदारको लागि फारम भर्नुपरे कम्पनीको दर्ता नम्बर,कामदारको आईडी लगायत अन्य विवरण भर्नुपर्नेछ ।
कतार बाहिर बसेको देशको नाम,त्यहाँ बसेको समयले कतार आईसकेपछी क्वारेन्टाइनमा बस्नुपर्ने अवधीको निर्धारण गर्नेछ ।
परमिट निस्कन ७२ घण्टा वा बढीको समय लाग्नेछ ।
परमिटको समयावधि एक महिनाको हुनेछ । परमिटको निस्केको एक महिनाभित्र कतार आउन नसके पुन परमिट निकाल्नुपर्नेछ ।

क्वारेन्टाइन बस्न कहाँ बुकिङ्ग  गर्ने ?

डिस्कोभर कतारले  कम्पनीका कामदार,घरेलु कामदारका लागि १४ दिने क्वारेन्टाइन प्याकेज सार्वजनिक गरेको छ । यसअघि वेबसाइट मार्फत ३ देखि ५ तारे होटेलमा ७ दिनको क्वारेन्टाइन प्याकेज मात्र उपलब्ध थियो।

सार्वजनिक गरिएको १४ दिने प्याकेज मेकाइनेस मोटेल अन्तर्गत कोठाहरु अल शिहानिया र सल्वा रोडमा रहेको मेकाइनेसमा अवस्थित छ।

उपलब्ध कोठाको वर्गीकरण

  • पुरुषको लागि मात्र एकल कोठा
  • पुरुषहरुको लागि साझा कोठा
  • महिलाको लागि एकल कोठा
  • महिलाको लागि साझा कोठा

कोठा कतार आउन कम्तिमा पनि ४८ घण्टा अगाडी बुक गर्नुपर्नेछ। कम्पनी मार्फत आउन कम्तिमा पनि ३ जना सम्म हुनुपर्नेछ र एउटै उडानमा आउनुपर्नेछ।

शुल्क

कोठाको शुल्क प्रति दिन १०५ रियालको दरले हुनेछ। एकल कोठामा बस्नेले थप १४०० रियाल र साझा कोठामा बस्नेले ७०० रियाल थप शुल्क तिर्नुपर्नेछ । उक्त थप शुल्क १४ दिन भन्दा बढी बस्नु नपरे फिर्ता गरिनेछ । क्वारेन्टाइन बस्दा भाइरस देखिए १४ दिन भन्दा बढी बस्नुपर्ने हुन्छ। वेबसाइटमा राखिएको विवरण अनुसार समग्रमा क्वारेन्टाइन बस्न २,१६९ देखि ४,३०३ रियाल सम्म पर्नेछ । त्यसमा लाग्ने शुल्क कम्पनीले बेहोर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button