आइतबार १९६ जनामा कोरोना भाइरस देखियो,थप ३ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयले आइतबार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २०१ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,११,१०७ पुगेको छ ।
भाइरस बाट आज पनि ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १,८७० जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १७७ रहेको छ र निको हुनेको संख्या १,०७,७७९ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३९८ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७६ जना
आज सम्म जाँच भएको संख्या – ५,००५३६ जना
निको हुन बाँकीको संख्या : ३,१५१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।