चौथो चरणको प्रतिवन्ध हटाउने निर्णय स्थगित

कतारमा चौथो चरणको प्रतिवन्ध हटाउने निर्णय स्थगित भएको छ ।

कोरोना संक्रमितको संख्या बढे संगै अगस्ट महिनाभर तेस्रो चरणको प्रतिवन्ध यथावत राख्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

“एकातर्फ जनतालाई सुरक्षा प्रदान गर्ने निरन्तरता र अर्काेतर्फ सामाजिक तथा आर्थिक जीवनलाई सामान्य अवस्थामा फर्काउने विषयको सन्तुलन सुनिश्चित गर्न मन्त्रालयले प्रमुख प्रदर्शन सूचकहरूको अनुगमन गरिरहेको छ, ”मन्त्रालयले भनेको छ ।

मन्त्रालयले खोपका लागि योग्य रहेका व्यक्तिहरुलाई सकेसम्म चाडो खोप लगाउन आग्रह गरेको छ । आफू संगै आफ्नो परिवार तथा समाजलाई भाइरसबाट बचाउन खोप महत्वपुर्ण भएको मन्त्रालयले बताएको छ।

यसअघि जुलाई ३० बाट चौथो चरणको प्रतिवन्ध हटाइने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button