तेलको भाउ बढ्याे

जनवरी महिनामा तेलको भाउ बढ्ने भएको छ । भोलि १ तारिख शुक्रबार देखि लागू हुनेगरि प्रिमियम र सुपर पेट्रोलको भाउमा १० र डिजलको १५ दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.३५, प्रीमियम पेट्रोल १.३० र डिजल १.३० रियाल प्रतिलिटर पर्नेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो