आज २९९ नेपाली स्वदेश फर्किए

कतारबाट आज भएको २२ र २३ औं उडानबाट २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल एयरलाइन्सको आरए २३९२ मार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको २२ औं उडानमा ४ जना महिला सहित १५० जना नेपाल फर्किए । त्यस्तै हिमालय एयरलाइन्सको एच ९५६३२ बाट भएको अर्को उडानमा ११ महिला सहित १४९ जना नेपाल फर्किएका छन् ।
आज फर्कनेहरु सबैजना दूतावासले यसअघि निकालिसकेको नामावलीको सूचीमा परेका तर विभिन्न कारणले टिकट नपाई फर्कन नसकेका नेपालीहरु हुन् ।
यात्रा सहजीकरणका लागि कतारस्थित नेपाली दूतावासका कर्मचारीहरु पनि विमानस्थल पुगेका थिए ।