आज मार्च १३ तारिख।मङ्गलवार।फागुन २९ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ मार्च १३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २९ गते।मङ्गलवार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– एकादशी, १३:३४ बजेउप्रान्त द्वादशी। नक्षत्र–उत्तराषाढा, १२:३६ बजेउप्रान्त श्रवण। योग– परिघ, २१:३३ बजेउप्रान्त शिव। करण– वालव, १३:३४ बजेदेखि कौलव, २६:३२ बजेउप्रान्त तैतिल। आनन्दादिमा मानस योग। चन्द्रराशि– मकर ।
दोहामा सूर्योदयः ०५:४५ बजे र दोहामा सूर्यास्तः १७:४१ बजे हुनेछ ।
राहुकालः १४:४० देखी १६:०९ बजे सम्म । शुभ मुहूर्त : ११:१९ देखी १२:०७ ।
दोहाको मौसम
आज दोहाको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ५० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६४.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५४.०० कतारी रियाल रहेको थियो ।