आज २६७ जनामा भाइरस देखियो,थप १ को मृत्यु

स्वास्थ्य मन्त्रालयले बुधबार २६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २८५ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,११,८०५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा २,९३१ जनालाई परिक्षण गरिएको थियो ।
भाइरसको कारण आज १ जनाको ज्यान गएको छ । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १७८ रहेको छ र निको हुनेको संख्या १,०८,५३९ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३५ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३८९ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७५ जना
आज सम्म जाँच भएको संख्या – ५,०८,०७९ जना
निको हुन बाँकीको संख्या : ३,०८८ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।