२५ औं उडानबाट १५३ नेपाली स्वदेश फर्किए

दोहाबाट भएको २५ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानबाट ८ महिला सहित १५३ जना नेपालीहरू नेपाल फर्किएको दूतावासले जनाएको छ ।

यात्रुहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूकाे उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button