बिज्ञापन

कतार आउन कोरोनाभाइरसको नेगेटिभ रिपोर्ट चाहिने

अगस्ट १३ देखि केहि देशका तोकिएका विमानस्थल बाट कतार आउने यात्रुहरुले अनिवार्य कोभिड १९ को नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने भएको छ ।

तत्कालको लागि ब्राजिल,इरान,इराक,पाकिस्तान,फिलिपिन्स, श्रीलंका र बाङ्लादेश बाट कतार आउने यात्रुले नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्नेछ । त्यस्तै एयरलाइन्सले नेपाल लगायत भारत,नाइजेरिया र रुसमा सेवा सुरु गरेलगत्तै त्यहाँको यात्रुलाई पनि कोभिड १९ को नेगेटिभ सर्टिफिकेट अनिवार्य हुनेछ ।

कतार एयरवेज बाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत यात्रा गर्नुभन्दा ७२ घन्टा भित्र कोभिड १९ को जाँच गरिएको रिपोर्ट मात्र मान्य हुने एयरवेजले बताएको छ ।

नेगेटिभ सर्टिफिकेट नभएका र एयरवेजका फारम नभरेका यात्रुलाई कतार प्रवेश गर्न नदिईने कम्पनीले जनाएको छ । त्यस्तै आफ्नो परिवार संग यात्रा गर्ने १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई भने उक्त सर्टिफिकेट नचाहिने एयरवेजले बताएको छ ।

कतार एयरवेजका लागि मान्यता प्राप्त स्वास्थ्य सेवाहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button