आज २ जनाको मृत्यु,२९२ संक्रमित थपिए

गएको २४ घण्टामा २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३०३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१३,९३८ पुगेको छ ।
भाइरसको कारण आज २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,७०६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९० पुगेको छ र निको हुनेको संख्या १,१०,६२७ रहेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ५७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४४९ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७५ जना
आज सम्म जाँच भएको संख्या – ५,३३,९९५ जना
निको हुन बाँकीको संख्या : ३,१२१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।