बन्द भयो पुरानो ‘मेट्राश २’ एप

पुरानो मेट्राश २ एप बन्द भएको छ ।
आन्तरिक मन्त्रालयले केही दिन अगाडि सूचना जारी गर्दै मार्च १ देखि पुरानो मेट्राश २ एपको सेवा बन्द हुने बताएको थियो । सेवाहरु लिन मन्त्रालयले अब नयाँ मेट्राश एप डाउनलोड गर्न आग्रह गरेको छ ।
“मेट्राश” कतारको आन्तरिक मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकहरुको सुविधाको लागि विकास गरेको एक स्मार्ट फोन एप हो। यस एप मार्फत मोबाइल बाटै हरेक समय कुनैपनी ठाउँ बाट बिना झन्झट मन्त्रालयको सेवाहरु पाउन सकिन्छ। एप बाट भिसा, ट्राफिक ,आवासीय पत्र नवीकरण लगायत चार सय भन्दा बढी सेवाहरु लिन सकिन्छ। त्यस्तै प्रहरी चेकिङमा पर्दा यसै एपबाट आफ्नो कागजपत्र देखाएर जरिवाना बाट बच्न सकिन्छ ।
नयाँ एप कसरी सुचारू गर्ने ?
१. गुगल वा एप्पल स्टोरमा गएर निलो रङ्गको मेट्राश एप डाउनलोड गर्नुहोस । एप चल्न एन्ड्राेइडको लागि १३ र आईओएसको लागि भर्सन १० देखि माथी हुनुपर्नेछ ।
२. आफ्नो आईडी नम्बर र एपमा दर्ता भएको मोबाइल नम्बर हालेर खोल्नुहोस । पासवर्ड बिर्सिएको खण्डमा फर्गेट पासवर्डमा थिचेर नयाँ पासवर्ड हाल्नु होस ।
३. पुरानो एपमा भएको सबै कागजपत्र र विवरण एपमा स्वत आउनेछ ।
४. नम्बर परिवर्तन भएको खण्डमा २३४२००० मा सम्पर्क गरेर नम्बर परिवर्तन गर्नुहोस ।