नेपालमा अन्तरराष्ट्रिय हवाई उडान सेप्टेम्बर १ तारिख देखि मात्रै खुल्ने

अन्तरराष्ट्रिय हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १६ गते (सेप्टेम्बर १ बाट) देखि मात्र सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बसेको बैठकले (अगस्त १७) भदौ १ गते बाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । यसअघि कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले १५ सम्म नखोल्न नेपाल सरकारलाई आइतवार सिफारिस गरेको थियो ।
नेपालमा दिनप्रतिदिन समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
यस्तै सरकारले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
यो निर्णय संगै विदेशमा अलपत्र परेका नेपालीहरु तत्काल स्वस्देश फर्किने सपना फेरी तुहिएको छ।